करेन्ट लागेर टिपरका सहचालकको मृत्यु
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ ।
मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको मृत्यु भएको हो ।

.gif)