sevenstartv.com ७ पुष २०८२, सोमवार

ललितकला प्रदर्शनी सुरु

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । 

प्रदर्शनी चैत्र १ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सञ्चालन हुनेछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सात प्रदेशमै कलाको प्रदर्शनीपछि राष्ट्रिय कला प्रदर्शनी गर्ने योजनाअनुसार अहिले वागमती प्रदेशस्तरीय कला प्रदर्शनी गरेको बताए । 

उनले प्रदेशमै गएर कला प्रदर्शनी गर्नसक्दा झनै राम्रो हुने बताए । पालिकास्तरमै गएर कला प्रदर्शनी गर्दा झनै राम्रो हुने विश्वास व्यक्त गरे । प्रदेशस्तरमा पुगेर कला प्रदर्शनी गर्दा रैथाने मौलिक कला, शिल्पज्ञान केही न केही स्तरले माथि उठेको दाबी गरेका छन् । 

उनले स्थानीय कलाकारलाई आफ्नै आँगनमा कला प्रदर्शनी हुँदा जागरण पैदा भएको जिकिर गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्