sevenstartv.com ७ पुष २०८२, सोमवार

टानले संयुक्त ल्होसार कार्यक्रम आयोजना गर्ने

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

पर्यटकीय आकर्षणको रूपमा प्रवर्द्धन गर्दै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरू तथा व्यवसायीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त  ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको टानले जनाएको छ । 

टानका अनुसार यही फागुन २८ गतेका दिन बुधबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा सो कार्यक्रम आयोजना गरिँदै छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा गृह मन्त्री रमेश लेखकको उपस्थिति रहनेछ ।

टानमा आबद्ध करिब २,४०० ट्रेकिङ एजेन्सीहरूको सहकार्यमा आयोजना गरिने उक्त कार्यक्रम शेर्पा, गुरुङ, तामाङ, ह्योल्मो, दुरा, जिरेल, भोटे, वालुङ समुदायका साथै अन्य समुदायलाई समेत समेट्दै सांस्कृतिक पर्वको रूपमा मनाइने बताइएको छ ।  

टानका अध्यक्ष सागर पाण्डेले संयुक्त लोसार साँस्कृतिक कार्यक्रममा विभिन्न समुदायका मौलिक संस्कृतिहरू झल्काउने नृत्य प्रदर्शन गरिनुका साथै लोसारको अवसरमा परम्परागत परिकारहरू प्रस्तुत गरिने जानकारी दिए । 

नेपाल पर्यटन प्रबर्द्धनको सवालमा रास्ट्र र अन्तर्राष्ट्रिय स्तर सङ्गै सबै सरोकारवालाहरुको सङ्ग सम्बन्ध प्रगाढ बनाउने उदेश्यको निम्ति कार्यक्रम आयोजना हुन गईरहेको टानका निर्बाचित सदस्या तथा प्रचार-प्रसार प्रमुख शागर राईले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्