sevenstartv.com २ पुष २०८२, बुधवार

चार देशीय महिला टी-२० कपअन्तर्गत युगान्डाविरुद्ध नेपाल एक विकेटले विजयी

नेपालले भोलि सोमबार हङकङसँग प्रतिष्पर्धा गर्ने

२५ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी–२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ ।  नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो । टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो । 

नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन बनाए । रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । सम्झना कुमारी खड्काले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट भइन् । कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले २ रन मात्रै जोड्न सकिन् । रोमा थापा १ रन र रचना कुमारी चौधरी शून्य रनमा आउट भए । 

रिया शर्मा ४ तथा इश्वरी बिष्ट ३ रनमा अविजित रहिन् । युगान्डाका लागि जनेट मबाबाजीले ३ तथा सारा वलाजाले २ विकेट लिए । अब नेपालले फागुन २६ गते हङकङ, फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनलमा भिड्नेछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्