हिमपातले मनाङका किसानलाई राहत
काठमाडौं । मनाङ जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसान खुशी भएका छन् ।
पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसानले बताएका छन् ।
यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।
जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ। दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन्। दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

.gif)