sevenstartv.com २ पुष २०८२, बुधवार

चार देशीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्दै

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी-२० शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न पौने पाँच बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । 

उक्त शृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन्। त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । 

लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् । नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि भएका थिए । 

नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले राम्रो परिणाम लिएर फर्कने बताएकी थिइन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्