sevenstartv.com ६ पुष २०८२, आइतवार

एसियाली विकास बैंकले प्रस्तुत गर्यो नेपालका लागि चार वर्षे रणनीतिक कार्ययोजना

निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन प्राथमिकतामा

२१ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि सन् २०२५–२०२९ सम्मको चार वर्षे रणनीतिक कार्यायोजन प्रस्तुत गरेको छ ।

अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औं सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय सञ्चालन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ । 

उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवा प्रवद्र्धन र वातावरणीय दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जानकारी दिए ।

हाल नेपालमा एडीबीले विभिन्न ३२ परियोजना सञ्चालन गरिरहेको छ । जसमा कुल ४ अर्ब ३० करोड अमेरिकी डलर बराबर लगानी भएको छ । ती परियोजना मार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ ।

सोही अवसरमा एडीबीका नेपालस्थित आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्