पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका(५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको भएको हो ।
गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।
घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

.gif)