कांग्रेसको प्रशिक्षण कार्यक्रममा शेखर कोइराला अनुपस्थित
काठमाडौं । नेपाली कांग्रेसको पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण अहिले जारी छ।
भैरहवामा जारी दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी, पूर्वपदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्म सहभागी छन्।
तर, इतर पक्षको नेतृत्व गरिरहेका नेता डा। शेखर कोइराला प्रशिक्षण कार्यक्रममा सहभागी छैनन्। यसअघि पोखरामा भएको प्रशिक्षण भेलामा आफूलाई नबोलाएको भन्दै कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए।
तर, आजको प्रशिक्षण कार्यक्रममा बोलाउँदै पनि शेखर गएनन्। कोइरालाका स्वकीय दिनेशचन्द्र थपलियाले प्रशिक्षण कार्यक्रममा बोलाइएको भए पनि पूर्वनिर्धारित कार्यक्रम तय भइसकेकाले उपस्थित नभएको बताए।
उनले भने, ‘पोखरामा कार्यक्रम हुँदा पूर्वपदाधिकारीहरूलाई नबोलाएको भन्दै असन्तुष्टि आएको थियो। अहिले सबैलाई बोलाउने भनेर केन्द्रीय कार्यालयबाट मलाई फोन आएको थियो। तर, उहाँको अन्तै कार्यक्रम तय भइसकेकाले जानु पाउनुभएन।’
उनले कोइराला अहिले विराटनगरमा आयोजित विराट गोल्डकपको उद्घाटन कार्यक्रममा गएको बताए।

.gif)