स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको संघले जनाएको छ ।
५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराए । प्रचार(प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ ।
पार्टीभित्रका समूह अनुसार भागबन्डा मिलाउन समितिको संख्या १४ पुर्याइएको छ । ८ समिति बनाउने पूर्वतयारी थियो । सभापति शेरबहादुरद देउवा, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा।शेखर कोइराला पक्षलाई १४ समितिमा भागबन्डा गरिएको छ ।

.gif)