डिजेल मट्टीतेलको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल÷मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको हो ।
भाउ घटेसँगै डिजेल÷मट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ ।
यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखार र दिपायल पर्छन् ।

.gif)