sevenstartv.com ३ पुष २०८२, बिहिवार

एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

निजी क्षेत्रले सुरु गरेपनि स्टेडियम सरकारकै सम्पति भएको निर्देशक कुँवरको भनाइ

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीबार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो ।

स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने उनको भनाइ छ । निजी क्षेत्रले सुरु गरेपनि स्टेडियम सरकारकै सम्पति भएको बताए । 

विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको भन्दै उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए । आइसीसी मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको उनको भनाइ छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्