sevenstartv.com ७ पुष २०८२, सोमवार

हिमपातले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वखण्ड अवरुद्ध

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम-पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको हिमपातले उक्त सडकखण्ड अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

बर्सेनि यो सडकखण्ड हिमपातका कारण अवरोध हुने गरेको छ । हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ ।

 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्