sevenstartv.com ३ पुष २०८२, बिहिवार

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा तोरणको शीर्ष स्थान कायमै

निरज तामाङ १ स्ट्रोकले पछि परे

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/०२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शीर्ष स्थानमा कायमै रहन सफल भएका छन् । 

आज २-अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३-अन्डर २०३ सहित शीर्ष स्थानमा कायमै रहेका हुन् । उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४-अन्डर ६८ सहित समग्रमा १२-अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन् । 

अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए । दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे । समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उनीहरूले शीर्ष स्थान बाँडे । 

समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार  रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्