नेपालमा उत्साहित भएर लगानी गर्न जापानका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
सरकारले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण तयार पारेको जिकिर
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उत्साहित भएर लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपाल-जापान फ्रेन्डसिप समिट २०२५ मा भाग लिन नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुलाई भेट्दै पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विदेशी लगानीकर्ताका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे ।
निजी क्षेत्रका सरोकारलाई सम्बोधन गरी विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको उनले जानकारी दिए । नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको मन्त्री पौडेलको भनाइ छ ।
नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने उनको विश्वास छ ।

.gif)