sevenstartv.com ७ पुष २०८२, सोमवार

खानेपानी संस्थानलाई नाफामुलक बनाउने भन्नेबारेमा गम्भीर हुन खानेपानी मन्त्री यादवकाे आग्रह

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानलाई नाफामुलक बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् । 

नेपाल खानेपानी संस्थानको ३६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताएका हुन् । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाए । 

पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए । कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्