sevenstartv.com ७ पुष २०८२, सोमवार

अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैनः प्रधानमन्त्री

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक छ । भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन हुन सकोस् । त्यसको सही अभियोजन हुन सकोस्, गल्ती अनुसारको सजाय होस्, अपराधी गर्ने नछुटुन्, निर्पराध नफसोस् । यस कुरालाई ध्यानमा राखेर प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । न्याय निरुपण अझ महत्वपूर्ण छ । आज राजनीतिक बाउण्ड्री, देशका सीमाहरुले अपराधलाई रोक्दैन ।

डिजिटल क्राइम अझ बढी सीमाको वास्तै गर्दैन । त्यसअर्थ आज सीमाभित्रका मात्रै प्रयासले पनि डिजिटलको प्रयोग गरेर डिजिटल एरामा गरिएका अपराधहरु एक्लो देशको प्रयासले नियन्त्रण हुँदैनन् । पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने बताउनु भयो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्