sevenstartv.com ७ पुष २०८२, सोमवार

खोटाङमा आजदेखि प्रथम बाँस सम्मेलन सुरु हुँदै

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आजबाट सुरु भएको छ । खोटाङ जिल्लाको दिक्तेलमा तीन दिने प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको हो । 

फागुन १७ गतेसम्म जारी रहने सम्मेलनको नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ रहेको छ । बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सो सम्मेलनमा एक सयजना सरकारी तथा गैरसरकारी निकाय व्यक्ति, एक सय जना वन उपभोक्ता समूह, पचास विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र एक सय जना विद्यार्थी गरी ३५० जना बढीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका सम्मेलनको मुख्य आयोजक रहेको छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र ग्रिन बाम्बो क्रिएशन प्रालि ललितपुर आयोजक रहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्