sevenstartv.com ७ पुष २०८२, सोमवार

पशुपति क्षेत्रबाट ७५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता


काठमाडौं । काठमाडौं प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ । 

पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालामा राखिएको छ । 

आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायमा भक्तजनको घुइँचो लागेको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्