sevenstartv.com ७ पुष २०८२, सोमवार

फूलैफूलले सजिएको पशुपतिनाथ

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको छ । 

दर्शनार्थीहरुलाई पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लाइनको व्यवस्था गरिएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर फूल र बत्तीले झिलीमिली बनाइएको छ । भक्तजनहरु त्यहाँ पुगेर फोटो खिच्ने गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्