sevenstartv.com ३ पुष २०८२, बिहिवार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा

१४ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । फोर नेसन्स कप च्याम्पियनसिप  महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जित्ने  दाउँमा छ । उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय महिला टोलीका लागि यो  महत्वपूर्ण अवसर हो ।

अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकसम्म महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन । उसका लागि घरेलु मैदान र दर्शकको साथमा पहिलो उपाधि दिलाउने अवसर आएको छ । १२ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालसामु आएको यो १३ औं अवसर हो । 

यस पटक उपाधिका लागि कुनै कसर बाँकी नराख्ने टोलीका  प्रशिक्षक र कप्तानको दाबी छ । प्रतियोगितामा अपराजित रहँदै नेपाल र म्यानमार फाइनल पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।  लिग चरणमा नेपालले दुवै टोलीलाई समान १–० गोलले हराउँदा म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको थियो । 

फिफाको महिला वरियतामा ५५औं स्थानमा रहेको म्यानमार र १०३औं स्थानको नेपालबीच हुन लागेको यो छैठौं भेट हो । पछिल्लो पटक यहि प्रतियोगिताको लिग चरणमा भएको खेल २–२ गोलको बराबरी भएको थियो । 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्