फाइनलमा गल्ती सुधार गर्दै सामुहिक गेम खेल्ने नेपाली कप्तान एञ्जिलाको भनाइ
प्रशिक्षकको योजनाअनुरूप खेलेर उपाधि जित्ने लक्ष्य
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले कम गल्ती गर्दै र प्रशिक्षकको योजनाअनुरूप खेल्न सके उपाधि जित्ने लक्ष्य पूरा हुने बताएकी छन् ।
नेपालले बुधबार म्यानमानरविरुद्ध अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ दशरथ रंगशालामा चुनौती प्रस्तुत गर्दै छ । फाइनलअगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान एञ्जिलाले यस पटक अवसरको भरपुर सदुपयोग गर्ने बताइन् । बुधबार स्वर्ण पदक जित्नेगरी प्रतिष्पर्धा गर्ने कप्तान एञ्जिला बताउँछिन् ।
उनले यतिका वर्षसम्म च्याम्पियन हुन नसक्दा आफूसँगै टिमका सदस्यका लागि पनि चुनौती बनेको उल्लेख गरेकी छन् । गोलकिपर तथा कप्तान एञ्जिालाले अनुशासित रूपमा टिम खेल्ने टिम नै सफल हुने भएकाले बुधवार आफ्नो टोली टिम गेम खेल्ने बताएकी छन् । उनले यसपल्ट कम गल्ती गर्ने र प्रशिक्षकको योजनाअनुरूप खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
आफूहरू फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको कप्तान एञ्जिला बताउँछिन् । सबै खेलाडी क्षमतावान रहेकाले टिममा जुनसुकै खेलाडीले पनि खेल्न सक्ने उनको बुझाइ छ ।

.gif)