sevenstartv.com ७ पुष २०८२, सोमवार

विश्व बैंकको १५ करोड डलर ऋण स्वीकार

व्यवसायीलाई भुक्तानी दिन अर्थलाई बाटो खुल्यो

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले विश्व बैंक समूहले दिने १५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ब्रिजेस इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम तेस्रो चरणअन्तर्गत १५ करोड रुपैयाँबराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने निर्णय गरेको हो । 

त्यसका लाग वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

सरकारले आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्यसम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति समेत दिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्