प्रधानमन्त्री ओलीको विरोध गर्न खोजेको आशंकामा चार जना पक्राउ
काठमाडौं । काठमाडौंको जोरपाटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली जोरपाटी जाने कार्यक्रम पूर्वनिर्धारित थियो। सोही कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ । उहाँका अनुसार चार जनाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोध गर्ने भनेर सूचना राखेका थिए ।
त्यसकै आधारमा अहिलेलाई नियन्त्रणमा राखिएको उहाँले जानकारी दिनुभयो । राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

.gif)