ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना : १७ जना घाइते
काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
धुलिखेल नगरपालिका-१० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह(चालक सहित १७ जना जनाइएको छ । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।
बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।

.gif)