sevenstartv.com ७ पुष २०८२, सोमवार

पाथीभरा केबलकार निर्माण कार्य स्थगित

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ ।

सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो । 

सरकारले गत माघ १० गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्