sevenstartv.com ७ पुष २०८२, सोमवार

प्रतिनिधिसभा बैठक बस्दै

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्