sevenstartv.com ७ पुष २०८२, सोमवार

माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ०को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।

उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्