sevenstartv.com ७ पुष २०८२, सोमवार

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भोजपुर जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ ।

पुल भ्याटसहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो ।

 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्