sevenstartv.com ७ पुष २०८२, सोमवार

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । फुटबलमा प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । केही दिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपका दौरान उनलाई हृदयघात भएको थियो।

बुढासुब्बा गोल्डकपका लागि एनआरटि टिमको प्रशिक्षक भएर धरान गएका उनलाई हृदयघात भएपछि केही दिन धरानमै उपचार गरेर त्यसपछि काठमाडौं ल्याइएको थियो ।

उनलाई गंगालालमा राखेर उपचार गरिएको थियो। शुक्रबार मात्र स्वास्थ्यमा केही सुधार भएपछि घर फर्काइएको थियो। तर आज बिहान एक्कासी स्वस्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । वीर अस्पतालमा उनको उपचारका क्रममा निधन भएको बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्