अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : नेपाल र म्यानमारबीच प्रतिस्पर्धा
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । आ-आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन् ।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो भने म्यानमारले कीर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोलले हराएको छ ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ हुनेछ ।

.gif)