sevenstartv.com ७ पुष २०८२, सोमवार

सिरहाको नवराजपुर गाउँपालिका-१ की १७ वर्षीया रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक

अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीको भनाइ

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । 

गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री लेखीले सार्वजनिक गरेको विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ । 

यसअघि स्थानीय युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्