sevenstartv.com ७ पुष २०८२, सोमवार

महाशिवरात्री तयारीबारे बुझ्न पर्यटनमन्त्री पाण्डे पशुपतिमा

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गर्नुभएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथको मन्दिर पुग्नुभएको हो । फागुन १४ गते महाशिवरात्री रहेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ । भक्तजनहरुको पशुपति दर्शनका लागि भीड हुने गर्दछ । सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्नेबारेमा बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर जानुभएको हो । मन्दिर परसरमा अहिले रङरोदन गर्ने काम जारी छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्