sevenstartv.com ७ पुष २०८२, सोमवार

मेची भन्सार कार्यालयले सात महिनामा उठायो आठ अर्ब ८४ करोड राजस्व

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडाैं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने  लक्ष्य थियो । गत आव २०८०र८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट  रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । 

चालु आवको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्