sevenstartv.com ३ पुष २०८२, बिहिवार

पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने

टोलीको राखेप सदस्यसचिव घिसिङद्वारा बिदाइ

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही फागुन ११ गते पाकिस्तानको इस्लामावादमा प्रतियोगिता हुँदैछ । 

प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीवार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् । 

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्दैछन् । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिष्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ । 

उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले बुधबार नेपाली टोलीलाई बिदाइ गरेका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्