sevenstartv.com ७ पुष २०८२, सोमवार

फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्वाङकाे निधन

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पाँचथरको फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ ।

बुधबार बिहान फाल्गुनन्द-३ पौवासार्तापस्थित घरमा उनको निधन भएको हो । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए । उनलाई लामो समयको उपचारपछि भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्