दस वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उर्जामन्त्री खड्काको दाबी
भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मत जारी रहेको तर्क
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले दस वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले सरकारले अबको दस वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताएका हुन् । उनले आफूले मन्त्रालय सम्हालेयता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको दाबी गरे ।
मन्त्री खड्काले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गरे । उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताएका छन् । उनले सर्वेक्षणका आधारमा अबको दस वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

.gif)