sevenstartv.com ७ पुष २०८२, सोमवार

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय

६ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ । 
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताउनु भयो । उहाँले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् ।

चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२÷६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरुले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ ।

यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरु आएका छन् । यसमा हामी गम्भिर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरु सहभागि भयौं सबैले एकतावद्ध भएर यो संविधानलाई रक्षा गर्नको लागि आग्रह गर्न चाहन्छु । उहाँले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताउनु भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्