sevenstartv.com ७ पुष २०८२, सोमवार

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । 

सोमबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताएका हुन् । उनले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताए । 

त्यस्तै सहकारी ठगीका मुद्दा आर्थिक वर्ष २०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताएका छन् । उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए । सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्