sevenstartv.com ७ पुष २०८२, सोमवार

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति सभापति देउवाले गरे चिन्ता व्यक्त

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेका हुन् । 

उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्