हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर नष्ट भएको छ ।
आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो । आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो । स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो । पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।

.gif)