सेयर बजार १९ अंकले बढेर २७ सय विन्दु नजिकै, ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
काठमाडौं । सताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।
आइतबार म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स समूहको सेयर सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल र माइक्रोफाइनान्स समूहको सेयर झन्डै २ प्रतिशतले बढेको छ ।
आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
आइतबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ७ अर्ब ९२ लाखको सेयर कारोबार भएकोमा आइतबार ३०९ वटा कम्पनीका २ करोड ९ लाख कित्ता सेयर ९ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

.gif)