sevenstartv.com ७ पुष २०८२, सोमवार

६८ करोड बजेट रकमान्तर भएकोमा वर्षमान पुनको असन्तुष्टि

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् । 

आइतबार  प्रतिनिधिसभाको बैठकमा पुनले सहिद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अघिल्लो सरकारले १ अर्ब २५ करोड बजेट व्यवस्था गरिएको बताएका हुन् । 

तर, हालै नयाँ सरकार गठन भइसकेपछि सो बजेटबाट ६८ करोड रकम रकमान्तर गरिएको उनको भनाइ छ । उनले अझैपनि सडकको ठेक्का नलागेको भन्दै सो खण्डको तुरुन्त ठेक्का लगाउने व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्