sevenstartv.com ७ पुष २०८२, सोमवार

सत्ता पक्षीय दलको बैठक बालुवाटारमा बस्दै

३ फागुन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । सत्ता पक्षीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा अध्यादेशलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ । आजको  सता पक्षीय दलको बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा  पुग्ने बताइएको छ  ।

यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी  भएका थिए ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल गरिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्