sevenstartv.com ७ पुष २०८२, सोमवार

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नेप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीवार भारतको भ्रमण सेकर स्वदेश फर्किनुभएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुने बताउनुभएको हो ।

उहाँले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताउनुभ भयो । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिनुभयो ।

उहाँले भारतीय उर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ । मन्त्री खड्काले उर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महशुस गरेको पनि बताउनु भयो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्