sevenstartv.com ७ पुष २०८२, सोमवार

बबरमहलमा फुटेको पाइप मर्मत सकियो

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।

पाइप फुटेपछि केही सरकारी कार्यालय र स्थानीय बस्ती जलमग्न भएको थियो । पाइप फुटेपछि तत्काल थालिएको मर्मत कार्य २० घण्टापछि बिहीबार दिउँसो सकिएको हो । पाइप फुटेलगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मिनभवन टयांकीबाट खानेपानी वितरण हुने शंखमुल, बुद्धनगर, आलोकनगर, नयाँ बानेश्वरलगयातका स्थानमा नियमित पानी वितरण रोकेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्