मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी गयाे खेर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको भूमिगत लाइन विस्तारका क्रममा हिजो बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी सडकमा बगेर खेर गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी खेर गएको हो ।
२० इन्चको पाइप फुटेर पानी बग्दा बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो । केयूकेएलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलको प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किलोमिटर पाइप लाइनमा रहेको सबै पानी बबरमहल क्षेत्रमा बगेको छ ।
आज बेलुकीसम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ । पानी बगेको ठाउँमा सडकसमेत भासिएको छ । भासिएको सडक पनि तत्काल मर्मत हुने सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

.gif)