sevenstartv.com ७ पुष २०८२, सोमवार

माओवादी धारका पार्टीले आज ३० औं ‘जनयुद्ध दिवस’ मनाउँदै, स्थानीय पालिकामा विदा

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३० औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । वि.सं.२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गर्नु भएको छ । दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएको प्रचण्डकोे दाबी छ ।

दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् । २०७९ माघ २९ गतेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, ०८० पुस १३ गते जारी भएको सर्वाेच्च आदेशले ‘जनयुद्ध दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो । यस्तै जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चले बुधबार फेरि अर्को आदेश दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्