sevenstartv.com ७ पुष २०८२, सोमवार

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

३० माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।

पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्