sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक १.८६ अंकले बढ्याे

३० माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८६ अंक बढेको छ । 

सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो ।

१३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढे । 

जीवन बीमा ०.४८ प्रतिशत बढ्यो । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो । दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रसुवागढी हाइड्रोपावरको ९.३ तथा बाराही हाइड्रोको ४.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्